संविधानलाई कागजको खोस्टो बनाइएको छ: शाही
काठमाडाैं | माघ ६, २०७९
सुर्खेत: कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गरेका छन् ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् । साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘ प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’
साथै उनले यही तरिकाले अघि बढ्ने हो भने संघीयताको अर्थ नरहेको टिप्पणी समेत गरे । साथै केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपनि प्रदेशमा नदिने बताए । ‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’
साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए । ‘मुख्यमन्त्री ज्यूले विश्वासको मत माग्नुभएको हो की नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, म अलमलमा परेँ,’ उनले भने ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

